बैंक अफ काठमाण्डूको निक्षेप ग्राहकले पाए बीमा दाबी रकम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक अफ काठमाण्डूको निक्षेप ग्राहकले पाए बीमा दाबी रकम



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडबाट शुभद्रा श्रेष्ठले बीमा दावी रकम प्राप्त गरेकी छिन् ।

श्रेष्ठले बैंकको साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आइरहेकोमा उनले आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएकी थइन् । उनले औषधी उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी पाएको बैंकले जनाएको छ । बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक श्रीमती शुभद्रा श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको जोरपाटी शाखाका प्रबन्धक उत्तम राज जोशीको उपस्थिती रहेको थियो ।

बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराउँदै आइरहको छ । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ रु. ११ लाखसम्मको बीमा सुबिधा उपलब्ध गराउँदै आइरहेको छ । बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि रु. पाँच लाख, १८ घातक रोगहरुको लागि रु. पाँच लाख तथा औषधी उपचारको लागि रु. एक लाखको बीमा सुबिधा रहेको छ ।

प्रकाशित : २३ असार २०७७, मंगलवार ११:२४