अजोड इन्स्योरेन्सले यसरी मनायाे दोस्रो वार्षिकोत्सव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अजोड इन्स्योरेन्सले यसरी मनायाे दोस्रो वार्षिकोत्सव



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो दोस्रो वार्षिकोत्सव उपलक्षमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले छोटो समयमा नै १ प्रधान कार्यालय ७ वटा प्रादेशिक कार्यालय तथा १८ वटा शाखा कार्यालय, १६ वटा उपशाखा कार्यालय गरि जम्मा ४२ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र १ वटा ग्राहक सेवा केन्द्र मार्फत् बीमा सेवा सुरुवात गरी बीमा सेवा प्रदान गर्न सक्षम भएको कम्पनीले दावी गरेको छ ।

बीमा कम्पनीका लागि मेरुदण्डका रुपमा रहेको दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त र पारदर्शि बनाउने उद्येश्यले यस कम्पनीले फाष्ट ट्रयाक दावी भुक्तानी निति अवलम्वन गरि २ लाख रुपैयाँसम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको छ । कम्पनीले डिजिटल इन्स्योरेन्सका साथै डिजिटल प्रविधिवाट बीमा शुल्क भुक्तानीका लागि कम्पनीले विभिन्न सेवा प्रदायक कम्पनीहरु सँग सम्झौता गरी कार्य आरम्भ गरी सकेको छ ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरस (कोभिड–१९) को माहामारीको विषम परिस्थितीका वावजुत यस कम्पनीले चालु आ.ब.को असार गतेसम्म ८९,७५८ बीमालेख जारी गरी रु. ८१ करोड ५७ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

वार्षिकोत्सवमा भब्यरुपमा मनाउन जटिल परिस्थितिका कारण सम्भव नरहेकोले प्रधान कार्यालय सुन्धारामा रक्तदान कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा कम्पनीका संस्थापक शेयरधनी, प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेका थिए ।

प्रकाशित : २१ असार २०७७, आईतवार २०:५६