प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा



काठमाडाै । प्रभु बैंक लिमिटेडको २८ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकले असार २१ गतेबाट उक्त परिमाणको शेयर बोलकबोलको माध्यमबाट बिक्रीमा ल्याएको हो।

बैंकको उक्त शेयरमा साविकका संस्थापक शेयरधनीले न्यूनतम एक लाख कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरिदको लागि आवेदन दिन सक्नेछन्। बैंकको लिलामी शेयरमा आवेदन दिन चाहनेहरुले न्युनतम प्रतिकित्ता १२२ रुपैयाँ अंकित गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।

इच्छुक संस्थापक शेयरधनीले मुक्तिनाथ क्यापिटल, हात्तिसार, काठमाडौंबाट साउन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रकाशित : २१ असार २०७७, आईतवार १३:१७