पाँच कम्पनीको शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पाँच कम्पनीको शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच कम्पनीको शेयर सूचीकृत भएको छ ।

देव विकास बैंकले वेष्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ती गरेपश्चातको ५० लाख ४० हजार ६८१ दशमलव ६० कित्ता शेयर सहित सिर्जना फाइनान्स , आरएसडीसी लघुवित्त, सिन्धु विकास बैंक र सानिमामाई हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सिर्जना फाइनान्सले १५ प्रतिशत बोनस वापतको ११ लाख ५ हजार ८७६ दशमलव ८० कित्ता, आरएसडिसी लघुवित्तको ६ प्रतिशत बोनस शेयर वापतको ३ लाख ८० हजार १०७ दशमलव २० कित्ता , सिन्धु विकास बैंको ११ दशमलव ५१ प्रतिशत बोनस शेयर वापतको ५ लाख ७४ हजार २८७ दशमलव ५ कित्ता र १० प्रतिशत बोनस शेयर वापतको सानिमामाई हाइड्रोको २३ लाख २१ हजार कित्ता शेयर नेप्सेमा कारोबार योग्य भएको हो ।

प्रकाशित : १८ असार २०७७, बिहीबार २१:११