कुमारी बैंकमा बिलय हुँदै देवः विकास बैंक ,एकिकृत कारोबार कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकमा बिलय हुँदै देवः विकास बैंक ,एकिकृत कारोबार कहिले ?



काठमाडाै । देवः विकास बैंकलाई एक्वायर गरेको कुमारी बैंकले असार २८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

कुमारी बैकले देवको १०० बराबर ८६ कित्ता शेयर स्वाप दिएर खरिद गरेको हो। दुवै बैंकले एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयबाट असार १४ गते अन्तिम स्वीकृति पाएका थिए ।

एकीकृत बैंकले कुमारी बैंकको नामबाट कारोबार गर्नेछ। देवः विकासलाई एक्वायर गरेपश्चात कुमारी बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड हुनेछ । बैंकको निक्षेप १ खर्ब २० अर्ब र कर्जा १ खर्ब ५ अर्ब हुनेछ । यसैगरी, बैंकको शाखा सञ्जाल २०९ पुग्नेछ ।

यसअघि कुमारी बैंकले जेठ १९ गते विशेष साधारण सभाबाट र देवस् विकास बैंकले १३ औं वार्षिक साधारण सभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए।

यसअघि काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रे विहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई गाभेको कुमारी बैंकले मर्जर हुँदै अगाडि बढेको देव विकास बैंकलाई प्राप्ति गर्न लागेको हो।

प्रकाशित : १६ असार २०७७, मंगलवार १४:३२