मेगा बैंक र गण्डकी विकास बैंकको एकीकृत कारोबार असार २१ गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंक र गण्डकी विकास बैंकको एकीकृत कारोबार असार २१ गतेदेखि



काठमाडौं । मेगा बैंक नेपाल लि र गण्डकी विकास बैंकको एकीकृत कारोबार असार २१ गतेदेखि सुरु गर्ने भएको छ ।


दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति दिइसकेको छ । गण्डकीलाई एक्वायर गरेपछि मेगाको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ । मेगाले गण्डकीलाई एक्वायर गरेपछि अब मेगा बैंक नेपालको नामबाट एकीकृत कारोबार हुने छ ।

प्रकाशित : १६ असार २०७७, मंगलवार १२:२९