कामना सेवा विकास बैंकको अनलाईन कर्जा आवेदन सेवा सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंकको अनलाईन कर्जा आवेदन सेवा सञ्चालनमा



काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

कामना सेवा विकास बैंकले कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षलाई ध्यानमा राख्दै आइतबारदेखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फत अनलाईन कर्जा योग्यता मापन÷ आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

अब ग्राहक माहानुभावहरुले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेश्नल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जा लागि आवेदन दिन सक्ने बताइएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित : १५ असार २०७७, सोमबार ११:३५