एन आई सी एशिया बैंकद्वारा ३० लाख घातक रोग बीमा दावी रकम भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एन आई सी एशिया बैंकद्वारा ३० लाख घातक रोग बीमा दावी रकम भुक्तानी



काठमाडौं । एन आई सी एशिया बैंकले चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत बीमा भुक्तानी गरेको छ । बैंकका दुई जना ग्राहकलाई १५ लाख रुपैयाँ प्रतिव्यक्तिका दरले ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो ।

चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोल्नु भएका नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोल्ने ग्राहकलाई १५ लाख रुपैयाँ बीमा दावीको रकम भुक्तानी गरेको छ ।

त्यस्तै काठमाडौंस्थित बुढानिलकण्ठ निवासी बसन्त राज कुँवरको श्रीमती पूजा कुँवरज्यूलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको हो । सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ । श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको छ ।

बचत योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख रुपैयाँ, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने योजना रहेको छ ।

त्यस्तै मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैयाँ (अस्पताल भर्नामा ८० हजार रुपैयाँ र बहिरंग उपचारमा २० हजार रुपैयाँ) सँगै विभिन्न निःशुल्क सुविधाहरू पाउन सकिने बैंकले जनाएको छ । सो सुविधाबाट प्राप्त हुने ग्राहक महानुभावहरूलाई फाइदा साच्चिकै चमत्कारिक रहेको छ । यस्ता अनुपम तथा अतुलनीय सुविधाहरू भएका कारणले बैंकले ल्याएको चमत्कारिक निक्षेप योजना ग्राहक महानुभावहरू समक्ष निकै नै लोकप्रिय बनेको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले बचतमा नै बीमा सुविधा ग्राहक माझ ल्याउदै आएको छ ।

प्रकाशित : १० असार २०७७, बुधबार १५:०७