अजोड इन्स्योरेन्स कम्पनीलाई आईपीओ जारी गर्ने अनुमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

अजोड इन्स्योरेन्स कम्पनीलाई आईपीओ जारी गर्ने अनुमती

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डले अजोडलाई ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ मूल्य बराबरको आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।

एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ३० प्रतिशतले हुने ३० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो । नयाँ बीमा कम्पनीहरुका तर्फबाट आईपीओ जारी गर्ने पहिलो कम्पनीका रुपमा अजोडले अनुमति पाएको हो । कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रवन्धक तोकेको छ ।

प्रकाशित : ८ असार २०७७, सोमबार २१:०९ 22 June, 2020 9:09 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।