नेप्सेमा कुन वित्तिय संस्थाकाे कति कित्ता शेयर सूचिकृत भयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा कुन वित्तिय संस्थाकाे कति कित्ता शेयर सूचिकृत भयो ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार प्राइम कमर्सियल बैंक र नेशनल माइक्रोफाइनान्सको शेयर सूचीकृत भएको छ । नेप्सेमा प्राइम कमर्सियल बैंकको कैलाश विकास बैंकलाई प्राप्ती गरेपश्चातको २ करोड ७४ लाख ८५ हजार १५ कित्ता शेयर सूचीकृत भएको हो । प्राइमले कैलाशलाई प्राप्ती गरि गत फागुन २९ गतेदेखि एकिकृत कारोबार गरेको हो ।

त्यस्तै नेशनल माइक्रोफाइनान्सको ७५ प्रतिशत बोनस शेयर पनि बिहीवारनै सूचीकृत भएको छ । कम्पनीले बोनस शेयर वापतको ११ लाख ३१ हजार ६६२ दशमलव ५० कित्ता शेयर सूचीकृत गराएको हो । कम्पनीले गत मंसिर २९ गते छैठौं वार्षिक साधारण सभा मार्फत उक्त बोनस शेयर पारित गरेको थियो ।

पारित गरेको ६ महिनापछि कम्पनीले बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेमा सूचीकृत पश्चात शेयरधनीहरुले आफ्नो हितग्राही खातामा आएपश्चात उक्त शेयर कारोबार गर्न सक्नेछन् ।

प्रकाशित : ४ असार २०७७, बिहीबार १९:४४