राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्ने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्ने भएको छ । पूर्ण सरकारी स्वामित्वको बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले निष्काशन गर्ने ऋणपत्रमध्ये १५ लाख कित्ता परिपत्र विधिबाट र १० लाख कित्ता सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्रीका गर्ने बैंकले जनाएको छ ।

६ वर्ष अवधिको ऋणपत्रको ब्याजदर १०.२० प्रतिशत हुने र ६/६ महिनामा व्याज भुक्तानी हुनेछ । बैंकले उक्त ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

धितोपत्र निष्काष्न तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतामा राष्ट्रिय वाणिज्य बैंककोे तर्फबाट प्रमुख कार्याकारी अधिकृत किरण कुमार श्रेष्ठ र एनआईबिएल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गर्नुभयो ।

बैंकले चुक्ता पुँजीको कम्तीमा २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्थाअनुसार ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएको छ ।

प्रकाशित : २० फाल्गुन २०७६, मंगलवार १४:०७