खोकनामा सनराइज बैंकको एक्सटेन्सन काउण्टर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

खोकनामा सनराइज बैंकको एक्सटेन्सन काउण्टर



काठमाडौं ।सनराइज बैंकले ललितपुरको खोकनामा ९ औँ एक्सटेन्सन काउण्टरको संचालनमा ल्याएको छ । आइतबार, फाल्गुन १८, गते आयोजित औपचारिक कार्यक्रमा ललितपुर महानगरपालिकाका वडा नं २१ का अध्यक्ष रबिन्द« मर्हजनले र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

बैंकले सर्वसाधारण र उद्यमीलाई निक्षेप संकलन तथा रकम भुक्तानी लगाएचका सेवा दिने उद्देश्यले एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको बैंकले बताएको छ ।

हालसम्म बैंकको शाखा संख्या १३० वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १२३ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्दैजाने योजना रहेको छ ।

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार १२:३७