सामाजिक सुरक्षा कोषको रकम राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सामाजिक सुरक्षा कोषको रकम राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरिने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोष बीच खाता संचालन सम्बन्धमा सम्झौता भएको छ। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एक समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता पश्चात सामाजिक सुरक्षा कोषको विभिन्न सुरक्षा योजनामा आवद्ध भएका रोजगारदाताहरुले आफ्नो श्रमिकको योगदानबाट कट्टा हुने आधारभुत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताहरुले आफ्नो तर्फबाट योगदान गर्ने रकम २० प्रतिशत समेत गरी जम्मा ३१ प्रतिशत रकम मध्ये विभिन्न योजना अन्तर्गत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गर्नेछन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई सरकारी संस्था बीच भएको सम्झौताले सामाजिक सुरक्षाको कार्यान्वयनको लागि थप सघाउ पुग्ने बताए ।

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार ११:१४