बैंक अफ काठमाण्डूमा २५ रुपियाँमा खाता खोल्न पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक अफ काठमाण्डूमा २५ रुपियाँमा खाता खोल्न पाइने



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकको उच्चतम् लाभलाई मध्यनजर गरेर ‘बीओके’ सहज बचत खाता सार्वजनिक गरेको छ ।

ग्राहक महानुभावसगंको २५ वर्षसम्म निरन्तर सहयात्राको शुभ अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको हो । ‘२५ वर्षदेखि सफलतालाई सहज बनाउँदै’ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको उक्त खाताका ग्राहकहरूले मात्र रु २५ मा नै खोल्न सक्ने छन् ।

उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरू रहेका छन ।

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार १०:५४