लिवर्टी ईनर्जीले पायो आईपीओ निष्कासनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लिवर्टी ईनर्जीले पायो आईपीओ निष्कासनको अनुमति



काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३७ करोड ५० लाख रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले २५ मेगावाटको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको काम चैत अन्तिमसम्म पुरा हुने भएको छ ।आयोजना बनाउन ४ अर्ब ६३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने छ । आयोजनाबाट बिजुली उत्पादन भएपछि प्रभावित स्थानीयबासिन्दालाई १० र सर्वसाधारणलाई गरी २५ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो ।

प्रकाशित : ११ फाल्गुन २०७६, आईतवार १६:५३