स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा १ अर्ब २२ करोड ६९ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा १ अर्ब २२ करोड ६९ लाख



काठमाडाै । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकको खुद नाफामा ७.१२ प्रतिशतले बढेर हाल चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकको चुक्ता पूँजी ८ अर्ब १ करोड १४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब ९ करोड ९० लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब २३ करोड २२ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३ करोड ७ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्ममा ८० अर्ब ५४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ५४ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको यस बैंकले १ अर्ब ८३ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ जुन गत आवको सोहि अवधिको तुलनामा ११. २१ प्रतिशत बढी हो। । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफामा गत आवको तुलनामा ७.१२ प्रतिशतले वृद्धि भइ१ अर्ब ७५ करोड २७ लाख रुपैयाँ रहेको छ ।

बैंकको वार्षिक प्रति सेयर आम्दानी (ईपिएस) ३०.६३ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात (पीई रेशियो) १९.१३ गुणा र प्रतिशेयर नेटवर्थ १७९.०३ रुपैयाँ रहेको छ ।

प्रकाशित : २८ माघ २०७६, मंगलवार ०८:२४