गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ग्लोबल आइएमई बैंकले दियो एक करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ग्लोबल आइएमई बैंकले दियो एक करोड



ग्लोबल आइएमई बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रुपैया सहयोग प्रदान गरेको छ । रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा आज बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले उक्त सहयोगको घोषणा गरेका हुन् ।

देशकै गौरबको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न बैंकले सहयोग गरेको ढकालले बताए । राष्ट्रको खेलकुदको विकास तथा क्रिकेटका क्षेत्रमा विगतमा नेपाली खेलाडीहरुले गरेको प्रगतिलाई थप उर्जा प्रदान गर्दै खेलकुदमार्फत समग्र राष्ट्रलाई एकजुट बनाउने महानगरपालिकाको अभियानमा सहयोग गर्न पाउँदा बैंक परिवार अत्यन्तै खुशी छ ।

ग्लोबल आइएमई बैंक परिबार भरतपुर महानगरपालिकाको योजना तथा सम्पूर्ण देशवासीको चाहना अनुसारको यो रंगशाला निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास बैंकको छ ।

प्रकाशित : २७ माघ २०७६, सोमबार २१:०८