एनआइसीको भ्यालेन्टाइन अफर: ग्राहकलाई सित्तैमा फाइभस्टार होटलमा डिनर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआइसीको भ्यालेन्टाइन अफर: ग्राहकलाई सित्तैमा फाइभस्टार होटलमा डिनर



एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकलाई बैंकले सोल्टी होटलमा निःशुल्क डिनरको व्यवस्था गरेको छ । बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत कारोबार गर्ने ग्राहकलाई सोल्टी क्राउन प्लाजामा उक्त व्यवस्था हुने बैंकले जनाएको छ । ‘भ्यालेन्टाइन डे’को अवसरमा बैंकले ल्याएको यो योजना ११ देखि १३ फेब्रुअरीसम्म अर्थात माघ २८, २९ र ३० गते लागू हुनेछ ।

बैंकको मोबाईल एपबाट कारोबार गर्ने २० जना ग्राहकले प्रेमजोडीका साथमा सोल्टीमा विशेष डिनर गर्न पाउने छन् । बैंकका अनुसार एप मार्फत कुनै पनि भुक्तानी सेवामा जतिसुकै रकमको कारोबार गर्ने २० जना ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ ।

बैंकले ३१३ शाखा, ४४२ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर र ५१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २७ माघ २०७६, सोमबार १९:५२