दुई कम्पनीको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दुई कम्पनीको मूल्य समायोजन



सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरको मूल्य समायोजन भएको छ । नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरको मूल्य समायोजन भएको हो ।

नेप्सेले प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयरको सामायोजन पछि मूल्य ४ सय ६७ रुपैयाँ ५० पैसा र एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयरको सामायोजन पछि मूल्य ५ सय ६५ रुपैयाँ ६३ पैसा तोकेको छ ।

प्रकाशित : २७ माघ २०७६, सोमबार १२:०१