सिटिजन्स बैंकद्वारा वातावरणमैत्री ‘सिटिजन्स स्मार्ट बचतखाता’ सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंकद्वारा वातावरणमैत्री ‘सिटिजन्स स्मार्ट बचतखाता’ सञ्चालनमा



सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्ने अभिप्रायका साथ‘सिटिजन्स स्मार्ट बचत खाता’ को शुभारम्भ गरेको छ ।यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहक महानुभावहरुले यो खाता बैंकको कुनैपनि शाखा मार्फत शुन्य मौज्दातमा खोल्न पाउने बैंकका प्रवक्ता उमंग शर्माले जनाएका छन् ।

यस खाता अन्तर्गत ग्राहक महानुभावहरुले निःशुल्क अन्तर शाखा कारोबार (एबीबीएस), अनलाइन कारोवार गर्न सुरक्षित ३ डी सेक्युर प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउने जस्ता अनेकन आकर्षक सुविधाहरु उपलब्ध छन् । यस योजना अन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, ई–बैकिङ्ग र मोबाइल बैंकिङ्गमा प्रत्येक वर्षको वार्षिक शुल्कमा ५०% छुट पाउनेछन् ।

यस खाताबाहकहरुले जुनसुकै ए.टि.एम बाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । दैनिक मौज्दातमा ६ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा बैंकले जानकारी दिएको छ ।

यो खाता पूर्ण रुपमा डिजिटल प्रविधि तथा कागज रहित (वातावरणमैत्री) हुने भएकोले यस खातामा बैंकले चेक बुक तथा बैंक स्टेटमेन्ट भने उपलब्ध गराउने छैन । यस निक्षेप योजनाबाट बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

प्रकाशित : २३ माघ २०७६, बिहीबार ०८:०७