लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष घिमिरेद्धारा सपथ ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष घिमिरेद्धारा सपथ ग्रहण



लक्ष्मी बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु तथा अन्य पदाधिकारीका साथै लक्ष्मी बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

नवनियुक्त अध्यक्ष घिमिरे नेपाल सरकारका पूर्व सचिव छन् । उनीसँग नेपाल सरकारको तर्फबाट विभिन्न सार्वजनिक संस्थाको सञ्चालक समितिमा रही अध्यक्षको पद सम्हालेको अनुभव छ ।

प्रकाशित : २३ माघ २०७६, बिहीबार ०८:०५