८ अर्ब बराबरको आइपीओको प्रत्याभुतिकर्ता नागरिक लगानी कोष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

८ अर्ब बराबरको आइपीओको प्रत्याभुतिकर्ता नागरिक लगानी कोष



काठमाडाै । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु.८ अर्व बराबरको रु.१ सय अंकित दरको ८,००,००,००० (आठ करोड) कित्ता सर्वसाधारणहरुका लागि निष्काशन गर्ने साधारण शेयर÷ धितोपत्र प्रत्याभुतिको लागि नागरिक लगानी कोषलाई प्रत्याभुतिकर्ता मा नियुक्त गरेको छ ।

सो प्रत्याभुति सम्बन्धी सम्झौता–पत्रमा नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्ताक्षर गरे े ।

नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक लिमिटेड नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन हाल सम्मकै देशकै ठूलो सार्वजनिक निष्काशन हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अधिकृत पूँजी रु.४० अर्व, जारी पूँजी रु.२० अर्व र चुक्ता पूँजी रु.१२ अर्व रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी रु.२० अर्व हुनेछ ।

काठमाण्डौ महानगरपालिका वडा नं.१० नयाँ बानेश्वर, काठमाण्डौंमा रजिष्टर्ड कार्यालय रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले २०७५÷१०÷२८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति प्राप्त गरीे २०७५÷११÷२२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार शुुभारम्भ गरेको हो ।

जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।

प्रकाशित : २१ माघ २०७६, मंगलवार १६:०८