अजोड इन्स्योरेन्सको अभिकर्ता तालिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अजोड इन्स्योरेन्सको अभिकर्ता तालिम



काठमाडाै । अजोड इन्स्योरेन्सले पोखरामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले पोखरा शाखाको आयोजनामा माघ १७, १८ र १९ गते लेक साइड, पोखरामा कार्यक्रम आयोजना गरेको हो ।

तालिममा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार तालिममा ३८ जना अभिकर्ताहरुको सहभागीता थियो।

प्रकाशित : २१ माघ २०७६, मंगलवार १४:२१