नयाँ नेपाल लघुवित्तको कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नयाँ नेपाल लघुवित्तको कारोबार रोक्का



काठमाडाै । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको नेप्सेमा कारोबार रोक्का भएको छ । सारथी लघुवित्त वित्तीय संस्थास‌ग मर्जमा जाने भए पछि नेप्सेले मंगलबार देखि कारोबारमा रोक लगाएको हो ।

नयाँ नेपालको चुक्ता पूँजी १० करोड ८ लाख रुपैयाँ छ। संस्थाले पुस मसान्तसम्म १ करोड ३२ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २६.३२ रुपैयाँ कायम गरेको छ ।

सारथी लघुवित्तको पुस मसान्तसम्ममा चुक्ता पूँजी ११ करोड ४ लाख २५ हजार रुपैयाँ छ । मर्जर प्रकृया सम्पन्न भएर कारोबार खुल्न कम्तिमा पनि ६ महिना लाग्ने भएकाले सो समयसम्म अब लगानीकर्ताले लघुवित्तको शेयर कारोबार गर्न पाउँदैनन्।

प्रकाशित : २१ माघ २०७६, मंगलवार ११:३५