ग्लोबल आइएमई बैंकको नयाँ शाखा भक्तपुरको कमल विनायकमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकको नयाँ शाखा भक्तपुरको कमल विनायकमा



काठमाडाै । ग्लोबल आइएमई बैंक लिमिटेडले भक्तपुरको कमल विनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले सोमबारदेखि भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१०, कमल विनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २७० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले २७० वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २० माघ २०७६, सोमबार १९:५६