मुक्तिनाथ विकास बैंकको वित्तीय जागरण अभियान शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकको वित्तीय जागरण अभियान शुरु



काठमाडाै । मुक्तिनाथ विकास बैंक लिमीटेडले माघ १५ गतेबाट वित्तीय जागरण अभियान धादिङ जिल्लाबाट शुरुवात गरेको छ ।

सोअन्तर्गत गल्छी गाँउपालिका, वडा नं ९, बैरेनी स्थित गाउँपालिका भवनमा सोही गाँउपालिका वडा नं ७, का अध्यक्ष हरि खतिवडाको आतिथ्यमा सम्पन्न भएको बैंकले जनाएको छ ।

त्यसैगरी, माघ १७ गते डिल्ली सावित्री माध्यमिक विद्यालय, धुनीवेशी ९ धार्केमा यस बैंकको धार्के शाखा अन्तरगतका ग्राहक हरीप्रसाद लोहनीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा डिल्ली सावित्री माध्यमिक विद्यालयका प्रअ घनश्याम अधिकारी प्रमुख अतिथि र अतिथिमा सोही विद्यालयका शिक्षक नरेन्द्रप्रसाद रिजाल रहेका थिए ।

उपरोक्त दुवै कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक र अनुत्पादक कर्जा लिँदाका बेफाइदाहरु, उपयुक्त व्यवसाय छनौट, व्यवसायीक योजना, सफल उद्यमीका विशेषताहरु, बचत, कर्जा, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

कार्यक्रममा १७० जना ग्राहकहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बैंकसँग कारोवार गर्ने उत्कृष्ट ग्राहकहरु तथा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

मुक्तिनाथ विकास बैंकले “आजकोे आवश्यकता, सबैमा वित्तिय साक्षरता” भन्ने आशयसहित समुदाय र विद्यालयस्तरीय वित्तिय साक्षरता कार्यक्रम सँगसँगै वित्तिय जागरण कार्यक्रमलाई समेत अभियानकै रुपमा अन्य जिल्लाहरुमा पनि सञ्चालन गर्ने योजना बनाएको छ ।

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

प्रकाशित : २० माघ २०७६, सोमबार १६:०६