प्रभु इन्सुरेन्सको वार्षिक साधारण सभा माघ २४ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु इन्सुरेन्सको वार्षिक साधारण सभा माघ २४ गते



काठमाडौं । प्रभु इन्सुरेन्सको २४औं वार्षिक साधारण सभा माघ २४ गते शुक्रबार बस्ने भएको छ । प्रभु इन्सुरेन्सको कार्यलय, प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान ११ बजेबाट सभा सुरु हुनेछ । कम्पनीले १६.३२% लाभांश वितरण गर्ने एजेन्डा पेश गर्दैछ ।

कम्पनीले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर प्रयोजन सहित ११.३२% नगद लाभांश वितरण गर्न लागेको हो ।


प्रभु इन्सुरेन्सले ५ करोड २ लाख ५३ हजार ८०० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ११ करोड ३७ लाख ७४ हजार ६०३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

बोनस सेयर पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।


आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि प्रभुले माघ १० गते शुक्रबार बुक क्लोज गरिसकेको छ । माघ ९ गते बिहीबारसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

प्रकाशित : २० माघ २०७६, सोमबार ०७:३८