महालक्ष्मी विकास बैंकका ग्राहकको प्रशासनिक शुल्क फिर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकका ग्राहकको प्रशासनिक शुल्क फिर्ता



काठमाडौं । महालक्ष्मी विकास बैंकले नियमित रुपमा कर्जाको किस्ता ब्याज भुक्तानी गर्ने ग्राहकलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ। ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्ता ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरुप उक्त शुल्क फिर्ता गरिएको बैंकले जनाएको छ।

यस सुविधाबाट यस आर्थिक बर्षको असोज मसान्तसम्म करिब ६० जना ग्राहक लाभान्वित हुन सफल भएको बैंकले जनाएको छ। आगामी दिनहरुमा समेत कर्जाको किस्ता ब्याज नियमित भुक्तानी गर्ने ग्राहकहरुलाई संस्थाको नियमानुसार प्रशासनिक शुल्क फिर्ता गर्दै जाने बैंकले जनाएको छ।

बैंकले शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत ५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

प्रकाशित : १९ माघ २०७६, आईतवार १७:४४