एक्सेल डेभलपमेन्ट बैंकले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश दिने



काठमाडाै । एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कुल १८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १७.१० प्रतिशत अर्थात ११ करोड ८४ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.९० प्रतिशत अर्थात ६२ लाख ३४ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँको रहेको छ। उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछ।

प्रकाशित : १९ माघ २०७६, आईतवार १४:५१