शिखर इन्स्योरेन्सले पायाे हकप्रद निष्काशनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शिखर इन्स्योरेन्सले पायाे हकप्रद निष्काशनको अनुमति



काठमाडाै । शिखर इन्स्योरेन्सले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १०:३ को अनुपातमा हकप्रद निष्काशनको अनुमति प्रदान गरेको हो ।

जस अनुसार कम्पनीले अब ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एनआईबिएल एस बिक्रि प्रबन्धक रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड रहेकोमा हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब ३६ करोड पुग्ने छ।

प्रकाशित : १६ माघ २०७६, बिहीबार १३:२६