नेप्से १३०६.१५ विन्दुमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्से १३०६.१५ विन्दुमा



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । हिजो २३.९५ अंकले बढेको नेप्से परिसूचक आज पनि ५.५२ अंकले बढेर १३०६.१५ विन्दुमा रोकिएको छ ।

त्यस्तै हिजोको तुलनामा कारोबार रकम ४९ करोड वृद्धि भएको छ । हिजो ९१ करोड ७३ लाख रुपैयाँको सेयर काराबार भएको थियो । आज १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोकार भएको छ ।

१ सय ७८ कम्पनीको ३७ लाख ३९ हजार ३ सय ९७ कित्ता सेयर खरिद–विक्री भएको छ । आज सबैभन्दा बढी सेयर कारोबार ग्लोबल आईएमई बैंकको भएको छ । यो बैंकको ९ करोड ९५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । उक्त बैंकको आजको अन्तिम प्रतिकित्ता सेयर मूल्य २ सय ९० रुपैयाँ कायम भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ६ कारोड ९९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ६ वटा कम्पनीको ४ कारोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

कारोबारमा आएर १२ समूहमध्य ८ समूहको परिसूचक वृद्धि भएको छ भने ४ समूहको परिसूचकमा कमी आएको छ । बैंकिङ समूह ०.१ प्रतिशत, उद्योग समूह २.९१, होटेल समूह १.९३ प्रतिशत र हाईड्रोपावर समूह ०.८२ प्रतिशतले परिसूचकमा कमी आएको हो । उद्योग समूहको सबैभन्दा बढी परिसूचकमा कमी आएको छ भने जीवन बीमा समूहको परिसूचकमा सर्वाधिक वृद्धि भएको छ । जीवन बीमा समूहको २.१९ प्रतिशतले परिसूचक वृद्धि भएको हो ।

प्रकाशित : १४ माघ २०७६, मंगलवार १६:०८