एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने



काठमाडाै । एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस हिसाबमा माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् ।

कम्पनीले १०:६ को अनुपातमा ६० प्रतिशतले हुन् आउने ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ६४ करोड ४ लाख ६ हजार २ सय ५० रुपैयाँ रहेको छ ।

प्रकाशित : १४ माघ २०७६, मंगलवार १४:३५