कामना सेवा विकास बैंकको नयाँ शाखा भिमसेनगोलामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंकको नयाँ शाखा भिमसेनगोलामा



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको नयाँ शाखा काठमाडौंको भिमसेनगोलामा सञ्चालन गरिएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाडौ नगरपालिका वडा नं ३१ स्थित भिमसेनगोलामा आफ्नो ११७ औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

बैंकले देशका विभिन्न ठाउँमा ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटिएममार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले एमबिबिएस, इन्टरनेट बैंकिगं, मोबाईल बैंकिगं लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रकाशित : १० माघ २०७६, शुक्रबार १३:५४