महालक्ष्मी लाईफ इन्स्योरेन्सको ‘सामुहिक म्यादी जीवन बीमा’ सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी लाईफ इन्स्योरेन्सको ‘सामुहिक म्यादी जीवन बीमा’ सार्वजनिक



काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा ‘सामुहिक म्यादी जीवन बीमा’ सार्वजनिक गरेको छ । एउटै बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानीकर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा गर्न सकिने समेत विशेषता रहेको यस बीमा योजनामा समूहका सदस्यहरु बीमा अवधि भित्र थपघट गर्न सकिने सुविधा रहेको छ ।

साथै यस बीमालेखमा ऐच्छिक सुविधा अन्तर्गत कुनै कारणवस समूहका सदस्य(बीमित)को दुर्घटनाबाट मृत्यु भएमा थप बीमाङ्क बराबर रकम प्रदान गरिने, बीमा अवधि भित्र बीमितको मृत्यु भएमा क्रिया खर्च बराबर बीमाङ्कको १५ प्रतिशत वा ५०,००० रुपियाँ (जुन कम हुन्छ) सो रकम थप प्रदान गरिनुका साथै बीमा अवधि भित्र समूहका सदस्य (बीमित)को दुर्घटनाबाट अङ्गभङ्ग भए अङ्गभङ्ग वापतको बीमाङ्कको अनुपातिक रकम क्षतिपूर्ती प्रदान गरिने र पूर्ण अपाङ्ग÷अशक्त भएमा बीमाङ्क बराबर रकम प्रदान गरिने सुविधा रहेको छ ।

न्यून बीमाशुल्कमा बीमा गर्न सकिने यस बीमा योजनाले संगठित संस्था, प्रतिष्ठान, संघ, संगठनमा सम्बद्ध व्यक्तिहरुको जीवनमा आइपर्ने मृत्यु तथा अङ्गभङ्ग बाट पर्न सक्ने वित्तीय जोखिमलाई न्यूनिकरण गर्ने महालक्ष्मी लाईफले विश्वास लिएको छ ।

प्रकाशित : ६ माघ २०७६, सोमबार १३:३५