नेपाल क्रेडिट एण्ड कमर्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाै । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (माघ ६ गते) अन्तिम दिन हो। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ ७ गते बुकक्लोज गर्नेछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

बैंकले लाभांश वितरण गर्ने प्रस्ताव सहित माघ १७ गते २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले सञ्चालक समतिले निर्णय गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

प्रकाशित : ६ माघ २०७६, सोमबार ०८:२४