वाणिज्य बैंकले शुरू गरे गो–एएमएल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वाणिज्य बैंकले शुरू गरे गो–एएमएल



काठमाडौं । मुलुकका २७ ओटै वाणिज्य बैंकले बैंकका ग्राहकहरूको विवरण सीधै निगरानीमा राख्न सक्ने र शंकास्पद कारोबारसमेत थाहा पाउन सहज हुने ‘गो–एएमएल’ सफ्टवेयर प्रयोगमा ल्याएका छन् । नेपाल राष्ट्र बैंकले माघ १ गतेदेखि उक्त प्रविधिको सफ्टवेयर प्रयोग गर्न निर्देशन दिएसँगै बैंकहरूले यसलाई कार्यान्वयनमा ल्याएका हुन् । ग्राहकको पहिचानलगायत विवरण नियमित रूपमा प्राप्त हुने गरी ‘गो–एएमएल प्रडक्शन इन्भाइरोन्मेन्ट’ प्रणाली लागू गरेसँगै कार्यान्वयनमा आएको केन्द्रीय बैंकले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ ।

गो–एएमएल यूएनओडीसीले विकास गरेको अन्तराष्ट्रियस्तरको एकीकृत सूचना सञ्जालसहितको एक प्रकारको सप्mटवेयर प्रणालीे हो । हाल यो प्रणाली विश्वका ५० मुलुकले प्रयोगमा ल्याइसकेका छन् भने अन्य ६० मुलुक कार्यान्वयनको क्रममा छन् ।

यो कार्यान्वयनमा आएसँगै बैंकले केन्द्रीय बैंकलाई अनिवार्य रूपमा विद्युतीय माध्यमबाट मात्र नियमित प्रतिवेदन पेश गर्नुपर्नेछ । आर्थिक अभियान दैनिकबाट

प्रकाशित : ३ माघ २०७६, शुक्रबार ०७:४१