सनराइज बैंकका ग्राहकले भ्याली एक्सप्रेस रेस्टुरेन्टमा छुट पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकका ग्राहकले भ्याली एक्सप्रेस रेस्टुरेन्टमा छुट पाउने



काठमाडाै । सनराइज बैंकका ग्राहकले भ्याली एक्सप्रेस रेस्टुरेन्टमा छुट पाउने भएका छन । रेस्टुरेन्टले बैंकका ग्राहकलाई १० प्रतिशत छुट दिने भएको हो ।

क्युआर पेमेन्ट मार्फत रेस्टुरेन्टको बिल भुक्तानी गर्दा कुल बिल रकमको १० प्रतिशत नगद छुट दिईने कम्पनीले जनाएको छ । आफ्नो डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी पोइन्टअफसेल टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी क्युआर पेमेन्ट मार्फत ग्राहकले यो सेवा पाउने बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त योजना माघ २ देखी दुई महिनासम्म संचालन हुनेछ ।

प्रकाशित : २ माघ २०७६, बिहीबार २१:३६