शिवराज श्रेष्ठले पाए सफाइ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

शिवराज श्रेष्ठले पाए सफाइ

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । निलम्बनमा रहेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाइ दिएको छ ।

पदको दुरुपयोग गरेको अभियोगमा सरकारले श्रेष्टमाथि छानबिन गरेको थियो । छानबिन समितिको प्रतिवेदन अध्ययन गर्दै उनलाई मन्त्रिपरिषदले निर्दोष रहेको ठहर गरेको हो ।

राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मी संयोजक रहेको अध्ययन समितिले सरकारलाई २ साता अघि प्रतिवेदन बुझाएको थियो ।

अर्थ मन्त्रालयमार्फत पठाइएको प्रतिवेदन अध्ययनपछि प्रतिवेदन अध्ययन गर्दै उनी निर्दोष रहेको सरकारले ठहर गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए ।

श्रेष्ठमाथि सम्पति शुद्धिकरणमा असहयोग गरेको आरोप लागेको थियो । सरकारले निर्दाेष ठहराएसँगै श्रेष्ठलाई डेपुटी गभर्नर पुनर्वहाली भएर काम गर्ने बाटो खुलेको छ ।

प्रकाशित : २ माघ २०७६, बिहिबार २१:२३ 16 January, 2020 9:23 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।