कुमारी बैंकले राष्ट्रियस्तरको ‘ख’ वर्गको देव विकास बैंकलाई प्राप्ति गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकले राष्ट्रियस्तरको ‘ख’ वर्गको देव विकास बैंकलाई प्राप्ति गर्ने



काठमाडौं । कुमारी बैंक लिमिटेडले राष्ट्रियस्तरको ‘ख’ वर्गको देव विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । बुधबार नागपोखरीस्थित काठमाडौं मेरिओट होटेलमा सम्पन्न एक समारोहबीच उक्त प्राप्तीको (अक्विजिसन) औपचारिक हस्ताक्षर सम्पन्न भएकोे हो ।

उक्त प्राप्तिका लागि समझदारीपत्रमा (एमोयू) कुमारी बैंक लिमिटेड र देव विकास बैंक लिमिटेडका तर्फबाट बैंकका संचालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकद्वय क्रमशः कृष्ण प्रसाद ज्ञवाली र भरत बहादुर हमालले हस्ताक्षर गरेका थिए । सो समारोह दुवै बैंकका अध्यक्ष, संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका उच्च व्यवस्थापनकको पस्थिति रहेको थियो ।

यस पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोड भन्दा बढी, निक्षेप १२० अर्ब तथा ऋण लगानी १०५ अर्ब भन्दा अधिक हुने भएको छ । यसैगरी, बैंकको शाखा संजाल २०० भन्दा अधिक हुने भएको छ ।

प्रकाशित : २ माघ २०७६, बिहीबार १०:४६