स्पर्स लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्पर्स लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्यो



स्पर्स लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गरेको छ । आइतबार पोखरामा सम्पन्न संस्थाको तेश्रो वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो ।

साधारणसभाले १३ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर बापतको नगद रकम ५ लाल ६७ हजार ६४२ रुपयाँँ नगद लाभांश पारित गरेको हो । बोनसपछि कम्पनीको चुक्ता पुँजी ९ करोड ३७ लाख ४८ हजार १९० पुगेको छ ।

सभाले आर्थिक बर्ष ०७५।०७६ को वार्षिक प्रतिवेदन माथि छलफल, लेखापरिक्षण प्रतिवेदन, आर्थिक बर्ष ०७६।०७७ को लागि लेखा परिक्षक नियुक्ति गरेको छ । त्यस्तै सभाले संचालकजरुमा नारायणी देवकोटा र जगन्नाथ रिजाललाई चयन गरेको छ।

संस्थाले मर्जरको निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने र मर्जर पश्चात हुन आउने पुँजिको १ः१ हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित : २८ पुष २०७६, सोमबार ०९:०१