काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव सहित माघ १७ गते २२ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।
सभाले सञ्चालक समतिले निर्णय गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले माघ ७ गते एक दिन बुकक्लोज गर्नेछ। माघ ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्। बैंकको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
Comment