एनएमबि बैंकको प्रस्तावित ३५ प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकको प्रस्तावित ३५ प्रतिशत लाभांश पारित



काठमाडौं । एनएमबि बैंकले प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले बिहीबार काठमाडौंमा २४ औं वार्षिक साधारण सभा सम्पन्न गर्दै उक्त लाभांश पारित गरेको हो । गत असोज ११ गते ओम डेभलपमेण्टसँग मर्जपश्चात एकिकृत कारोबार सुरु गरेको यस बैंकले सबै सदस्यहरुलाई समेटेर २१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी १४ प्रतिशत नगद लाभांश दिने लागेको हो । 

ओम डेभलमेण्ट बैंकसँग मर्जरपश्चात कायम चुक्तापूँजी  ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार रुपैयाँको आधारमा बैंकले लाभांश दिन लागेको हो । गत वर्ष ३० प्रतिशत लाभांश वितरण गरेको बैंकले हालसम्मकै उत्कृष्ठ लाभांश यस वर्ष वितरण गर्न लागेको हो ।

लाभांश प्रयोजनका लागि बैंकले पुस ४ गतेदेखि बुक क्लोज गरेकाले पुस ३ गतेसम्म कायम शेयरधनीहरुले लाभांश पाउनेछन् । हाल बैंकको शाखा कार्यालय १६३ र एक्सटेन्सन काउण्टर संख्या पाँच पुगेको छ । असोज मसान्तसम्म बैंकले ८१ करोड ५१ लाख ३६ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

प्रकाशित : २४ पुष २०७६, बिहीबार २२:०७