गुडविल फाइनान्स र मुक्तिनाथ विकास बैंक ‘एनआईबिएल सहभागिता फण्ड’को बिक्री केन्द्र तोकिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

गुडविल फाइनान्स र मुक्तिनाथ विकास बैंक ‘एनआईबिएल सहभागिता फण्ड’को बिक्री केन्द्र तोकिए

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” का इकाईहरुको खरिद बिक्री केन्द्र तोकिएको छ । उक्त योजनाको लागि सहजिकरण गर्न गुडविल फाईनान्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडलाई वितरण केन्द्र नियुक्त गरिएको बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा, गुडविल फाईनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधर र मुक्तिनाथ बिकास बैंक लिमिटेडका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलप्रसाद गुरुङ्गले हस्ताक्षर गरेका छन् ।

गुडविल फाइनान्स लि. तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट माघ १ गते देखि “एनआईबिएल सहभागिता फण्ड” को ईकाइहरु लगानीकर्ताहरुले खरिद बिक्री गर्न सक्नेछन् । यस अघि सो योजनाका इकाईहरुको कारोवार नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट असोज २७ गते देखि हुँदैआइरहेको छ ।

प्रकाशित : २२ पुस २०७६, मंगलबार ०९:५७ 7 January, 2020 9:57 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।