वोमी माइक्रोफाइनान्सले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वोमी माइक्रोफाइनान्सले लाभांश दिने



काठमाडाै । वोमी माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी २५ करोड २५ लाख ७६ हजार रहेको छ ।

प्रकाशित : २१ पुष २०७६, सोमबार १३:४२