आज १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आज १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस २१ गते पुनः ट्रेजरी बिल बिक्री गर्दै छ ।

नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल तथा रिपो जारी गर्ने कार्यलाई निरन्तरता दिइरहेका बेला आज कूल रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो।

बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी चैत २५ गते परिपक्व हुनेछ।

प्रकाशित : २१ पुष २०७६, सोमबार ०९:२२