मंगलबारदेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मंगलबारदेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना



काठमाडौँ । आज सोमबार सामान्यतया देशभरको मौसम सामान्य रहेपनि भोलि मंगलबारबाट भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसममा आएको सुधार आइतबार र सोमबार मङ्गलबारदेखि देशका उच्च पहाडी र हिमाली भेगमा पानी पर्ने र भारी हिमपात हुने भएकाले चिसो बढ्ने सम्भावना छ ।

विभागका अनुसार, आज दिउँसोसम्म घाम लागेपनि बेलुकापख पश्चिमी वायुको प्रभाव पश्चिमी क्षेत्रमा देखिने र राति पश्चिमी क्षेत्रको मौसम बदली भई हल्का पानी पर्ने सम्भावना छ।

यसैबीच आज काठमाडौँमा उपत्यकाको न्यूनतम तामपक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

भोलि मङ्गलबार र बुधबार उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात र वर्षाको सम्भावना भएपनि बिहीबारबाट भने मौसममा सुधार हुने विभागले जारी गरेको तीन दिने पूर्वानुमन सूचनामा जनाईएको छ ।

यस्तो छ विभागले निकालेको तीनदिने पूर्वानुमान तालिका
पौष २१ गते (सोमबार)

दिउँसो : देशको पश्चिमी र पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहि मध्य भू-भागमा आंशिक बदली रहनेछ। पश्चिम र पुर्वका एक दुइ स्थानमा हल्का बर्षाको संभाबना छ।

रातीः देशभर सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा र मध्य र पुर्वी भू-भागका एक दुइ स्थानमा हल्का बर्षाको संभाबना छ। देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष २२ गते (मंगलबार)

दिउँसो : देशको पश्चिमी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिम र मध्यका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ भने पुर्वि भू-भागमा आंशिक बदलि रहने छ। देशको पश्चिमी र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भाग, मध्य र पुर्वका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ भने मध्य र पुर्वी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा को संभाबना रहिको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष २३ गते (बुधबार)

दिउँसो : देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।

प्रकाशित : २१ पुष २०७६, सोमबार ०९:१९