इन्फिनिटी लघुवित्तको लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इन्फिनिटी लघुवित्तको लाभांश पारित



काठमाडाै । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ। पुस १८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट प्रस्तावित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

साधारण सभाले हाल कायम चुक्तापूँजी २० करोड ७४ लाख रुपैयाँको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि सहित ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साधारण सभाले बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

साधारण सभाबाट सर्बसाधारण समूहको तर्फबाट २ जना सञ्चालक बलराम बिष्ट र प्रभा खनाल निर्बिरोध निर्वाचित भएका छन्।

प्रकाशित : २० पुष २०७६, आईतवार १४:४९