समता लघुवित्तको शेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

समता लघुवित्तको शेयरमूल्य समायोजन



काठमाडाै । समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा लघुवित्तको पुस १९ गते शनिबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५१० रुपैयाँ ४८ पैसा कायम गरेको छ।

लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा आह्वान गरेको छ। लघुवित्तको छैठौँ वार्षिक साधारण सभा होटल इच्छा प्रालि, सिमरामा दिउसो १ बजे शुरु हुनेछ।

प्रकाशित : २० पुष २०७६, आईतवार १४:३४