मुक्तिनाथ विकास बैंकद्धारा डिजिटल माध्यमबाट एकैदिन १८ शाखाको उद्घाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकद्धारा डिजिटल माध्यमबाट एकैदिन १८ शाखाको उद्घाटन



काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेशको अवसरमा काठमाण्डौमा रहेको केन्द्रीय कार्यालयबाटै एकै दिन १८ शाखाको डिजिटल उद्घाटन गरेको छ । काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको बेसीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट, पाल्पाको रामपुर, दाङ्गको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी,झापाको काँकरभिट्टा, ईलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमा औपचारिक ?पमा मुक्तिनाथ विकास बैंक सञ्चालक समितिक अध्यक्ष भरतराज ढकालले उद्ध्घाटन गरेका हुन् ।

सो अवसरमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे । समारोहमा बैंकका पूर्व सञ्चालकह?, वर्तमान सञ्चालकह?, संस्थापक सेयरधनी तथा बैंकका उच्च पदाधीकारीह?को उपस्थिति रहेको थियो । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाह? मार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाह? प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाह? पनि प्रदान गर्दै आइरहेको छ ।

मुक्तिनाथ विकास बैंक वेगनासताल शाखामा विविधि कार्यक्रम
यसै विच मुक्तिनाथ विकास बैंकले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेशको अवसरमा सञ्चालक समितिक अध्यक्ष भरतराज ढकालले डिजिटल माध्येमबाट मुक्तिनाथ विकास बैंक पोखरा ३१ बेगनासतालमा रहेको शाखाको १२९ औं शाखाको ?पमा उद्ध्घाटन गरे सँगै उक्त शाखाले एक औपचारिक कार्यक्रम समेत गरेको छ ।
उक्त अवसरमा शाखाका शाखा प्रमुख विदुर त्रिपाठीले केक काटी कार्यक्रमको शुभारम्भ गर्दैै उपस्थित सम्पूर्ण अतिथिह?मा धन्यवाद ज्ञापन गरेका थिए । विभिन्न सामाजिक संघ संस्थाह?को प्रतिनिध, व्यक्ति विशेषको उपस्थिति रहेको उक्त कार्यक्रममा शाखाका साना तथा लघु वैंकङ प्रमुख नवराज सुवेदीले शाखाले उपलब्त्रध गराउँदै आएको विविध सेवा सुविधाका वारेमा जानकारी गराएका थिए ।

बुढिबजार शाखाद्धारा सरसफाइ सम्पन्न
मुक्तिनाथ विकास बैंक १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेश गरेको अवसरका साथै मुक्तिनाथ विकास बैंक पाँचौ वर्ष पूरा गरी छैंटौं वर्षमा प्रवेश गरेको अवसरमा पोखरा महानगरपालिका वडा नं.२६ मा रहेको मुक्तिनाथ विकास बैंकले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।सामाजिक उत्तरदायित्त अन्तर्गत वृहत सरसफाइ अभियानको समन्यवमा विजयपुर देखि बुढबजार सम्म सरसफाइ कार्यक्रम गरिएको शाखा प्रमुख रामचन्द्र रानाभाटले जानकारी दिए।
उक्त सरसफाइ कार्यक्रमलाइ सम्बोधन गर्दै वडा नं.२६ का वडा अध्यक्ष नारायण प्रसाद बरालले यस्ता सरसफाइ कार्यक्रममा सबै समुदाय लाग्नुपर्नेमा जोड दिंदै सरसफाइ सम्बन्धि सरोकारवलाह?लाई सफथ ग्रहण गराएका थिए । यसै विच हंसपुर इलाका प्रहरी कार्यलय डाँडाको नाकका प्रहरी नायव उपरिक्षक डिएसपी अर्जुन रानाभाटले वातावरणको महत्वमाथि प्रकाश पार्दैै सरसफाइ कार्यक्रममा एक्यबद्धता जनाएका थिए । पोखरा वृहत सरसफाइ अभियानका अभियानता राम बहादुर पौडेलले मानवजीवनमा फोहोर मैलाले धेरै असर गर्ने भन्दै आफ्नो टोल छिमेकमा आफैले सरसफाइ गनै सबैलाइै सचेत गराएका थिए भने क्षेत्रिय प्रमुख बाबुराम ढकालले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन सहित वडा नं.२६ मा रहेका विभिन्न टोल विकास संस्थाह?, आमा समूह, युवा क्लब लगाएतका सामाजिक संघ संस्थाह?लाई ४० थान डस्टविन र ७ तान पञ्जा हस्तान्तरण गरेका थिए भने वुढबजार शाखका शाखा प्रमुख राम चन्द्र रानाभाटले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसै विच मुक्तनाथ विकास बैंक क्षेत्रिय कार्यलयको आयोजनामा पोखरा ३ नदीपुर शाखामा वृहत रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ ।उक्त रक्तदान कार्यक्रममा १२५ युनिट रगत संकलन भएको वुढिबजार शाखाका शाखा प्रमुख रामचन्द्र रानाभाटले जानकारी दिए ।

प्रकाशित : १९ पुष २०७६, शनिबार १९:१७