जीवन बीमक संघ गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जीवन बीमक संघ गठन



काठमाडौं । जीवन बीमा कम्पनीका सिइओहरुले जीवन बीमा कम्पनीहरुलाई समेटेर जीवन बीमक संघ गठन गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे नेतृत्वको संघलाई जिल्ला प्रशासन कार्यालयले पुस ९ गते दर्ता प्रमाण पत्र दिएको छ ।

९ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा मेट लाइफका सिइओ निर्मल काजी श्रेष्ठ, सचिवमा सिटिजन्स लाइफका सिइओ पोषक पौडेल र कोषाध्यक्षमा रिलायन्स लाइफका सिइओ प्रविण रमण पराजुली रहेका छन् । कार्य समिति सदस्यहरुमा क्रमशः राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक, रिलायबल लाइफ इन्स्योरेन्सका सिइओ नारायण बावु लोहनी, ज्योति लाइफका डेपुटी सिइओ प्रकाश खत्री, सन नेपाल लाइफका सिइओ राजकुमार अर्याल र युनियन लाइफका सिइओ मनोज कुमार कर्ण सदस्य रहेका छन् ।

प्रकाशित : १७ पुष २०७६, बिहीबार ११:३३